जीवनशैली


कान पाक्ने रोग के हो र यसका रोकथामका उपायहरू केके हुन्?

कान पाक्ने रोग के हो र यसका रोकथामका उपायहरू केके हुन्?

थापाथलीस्थित ब्लुबर्ड कम्प्लेक्समा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिककी हेड एन्ड नेक सर्जन कन्सल्ट्यान्ट डा. प्रियंका गुप्ता


डा. प्रियंका गुप्ता
कात्तिक १०, २०८१ शनिबार १५:३९, काठमाडौँ

कसै कसैलाई कानको समस्याले हैरान बनाइरहेको हुन्छ। खासगरी कान पाकिरहने र सधैँजसो कानमा कपास राखिरहनुपर्ने समस्या हुन्छ। 

कान पाक्ने रोग अनि यसका उपचार के के छन् त? कानभित्रबाट पिप वा झोल पदार्थ आउने अवस्थालाई कान पाक्ने रोग भनिन्छ।

कान पाक्ने रोग पनि २ किसिमका हुन्छन्-

एउटा प्रकारको कानको पर्दा वा जाली  च्यातिएको अवस्था र अर्कोचाहिँ अर्को प्रकारको कानको हड्डीमा असर परेर सङ्क्रमण टाउको अथवा घाँटी मा फैलन सक्ने अवस्था। 

कान पाक्ने रोगबाट पर्ने असरहरू के के हुन्?
कानको पर्दा / जाली च्यातिएर प्वाल पर्नसक्छ। त्यस्तै कानको जालीमा धेरैको प्वाल तुरुन्तै बन्द नहुन सक्छ। कानबाट पटक पटक पिप आउन बन्द हुँदैमा कान पूरै निको नहुन सक्छ।

यस्तै कानको सुन्ने शक्ति कम हुँदै जानसक्छ। कानको काम भनेको सुन्ने र ब्यालेन्स हो। कानबाट पटक पटक पिप आइरहनाले कानको सुन्ने शक्ति कम हुँदै जान सक्छ।

कानको रोग घातक रोगको कारण हुनसक्छ। कहिलेकाहीँ कानको पिप कानभित्रको भागमा फैलिन गई मुख बाङ्गो हुने (फेसियल प्यारालाइसिस), कानको पछाडिको हड्डी सुन्निने (मास्टोइडिटिस), रिङ्गटा लाग्ने (लाब्रिन्थिटिस) र दिमागमा पिप जम्न गई (ब्रेन एब्सिस) मस्तिष्कमा पनि असर पर्न सक्छ।

कान पाक्ने रोगबाट कसरी बच्न सकिन्छ?
- कान नकोट्याउने।
- कानमा तेल अथवा कुनै पनि झोल पदार्थ नहाल्ने।
- नुहाउँदा कानभित्र पानी पस्न नदिने। 
- रुघा लाग्दा कानमा असर पर्ने गरी सिँगान नफाल्ने। 
- समयमै डाक्टरसँग परामर्श लिएर उपचार गर्ने।

(डा. गुप्ता थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिककी हेड एन्ड नेक सर्जन कन्सल्ट्यान्ट हुन्। )

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad