भारतको हैदरावादस्थित इन्डियन इम्युनोलोजिकल लिमिटेड (आईआईएल) ले डेंगी रोकथामका लागि खोप तयार गरेको दाबी गरेको छ।
आईआईएलका प्रबन्ध निर्देशक डा. के आनन्द कुमारले सबै कुरा ठीक भएमा यो खोप सबै परीक्षणहरू पूरा भएपछि करिब दुई वर्षमा (२०२६ को मध्य) मा मानिसहरूलाई दिइने दाबी गरेका छन्।
यस खोपको पहिलो चरणको परीक्षण सकिएको र दोस्रो र तेस्रो चरणको परीक्षण चाँडै सुरु हुने डा कुमारले बताए।
आईआईएल डेंगीका अलावा जिका भाइरस र क्यासनुर फरेस्ट डिजिज (केएफडी) विरुद्धको खोपको विकासमा पनि संलग्न छ।
48
Shares
प्रतिक्रिया