जीवनशैली


मानसिक स्वास्थ्य समस्या भएकाप्रति संवेदनशील बन्न आवश्यक : उपराष्ट्रपति यादव

मानसिक स्वास्थ्य समस्या भएकाप्रति संवेदनशील बन्न आवश्यक : उपराष्ट्रपति यादव

नेपालखबर
बैशाख २०, २०८० बुधबार २०:५८, काठमाडौँ

उपराष्ट्रपति राम साहय प्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई हेयको देष्टिले हेर्ने पुरातन दृष्टिकोणका कारण मानसिक स्वास्थ्य समस्या अझ बढी संवेदनशील रहेको बताएका छन्।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी–नेपाल) को स्थापनाकालको २० औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालको संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेकाले नेपाल सरकारको योजना बमोजिम सरकारको प्रयत्नहरुमा गैर सरकारी क्षेत्रको हातेमालो अत्यन्त आवश्यक रहेका बताए।

कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले मानसिक स्वास्थ्य अझ महत्वपूर्ण रहेकाले नेपाल सरकार, विकास साझेदारहरु सबै मिलेर यसका निम्ती थप लगानी आवश्यक परेको बताइन्।

‘मानसिक स्वास्थ्यको क्षेत्रमा राज्य र गैर सरकारी क्षेत्रको कामले नै सेवा प्रधान सम्भव छ। अझै जेल जीवन बिताइरहेका व्यक्तिहरुलाई मानसिक स्वास्थ्यमा समेत ध्यान दिन जरुरी छ ’ उपसभामुख इन्दिरा रानाले भनिन्।

स्वास्थ्य सचिव डा. रोशन पोख्रेल आत्महत्या रोकथाम र शहरी विकास अन्र्तगत मानसिक स्वास्थ्यको विषयमा काम गरिनुपर्ने अवस्था आएको बताए।

सी.एम.सी नेपालले सन २००३ देखि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य स्पानार्थ विभिन्न १५ वटा परियोजना संचालन गर्नुका साथै हाल ५१ जिल्लाका २ सय ६ स्थानीय तहमा काम गर्दै आइरहेको छ।

उक्त समारोहमा उत्कृष्ट सेवा पदक, विषयगत सेवा पदक र संस्थामा महत्वपूर्ण योगदान गर्ने कर्मचारी, संस्थाका संस्थापक एंव दातृ निकायहरुलाई प्रशंसासहित सम्मान समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .