ad ad

जीवनशैली


चाडपर्वमा कसरी गर्ने खर्च व्यवस्थापन?

चाडपर्वमा कसरी गर्ने खर्च व्यवस्थापन?

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार १५:५, काठमाडौँ

चाडपर्वको समयमा विभिन्न शीर्षकमा खर्च हुन्छ। चाडपर्वको समयमा खर्चको व्यवस्थापन गर्नु निकै कठिन हुन्छ। कहिलेकाहीँ आफूले अनुमान गरेको खर्चले नधान्ने अवस्था पनि आउँछ।

त्यसैले चाडपर्वको समयमा खर्च गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। यहाँ चाडपर्वको समयमा ध्यान दिनुपर्ने केही कुराहरु उल्लेख गरिएको छ– 

१. निश्चित बजेट छुट्याउनु 
चाडपर्वको लागि निश्चित बजेट छुट्याउनु सबैभन्दा महत्वपूर्ण कुरा हो। निश्चित बजेट छुट्याउने बानीले चाडपर्वमा शपिङ गर्दा कतिसम्मको योजनालाई अटाउन सकिन्छ भन्ने थाहा हुन्छ र उक्त बजेटमा कसरी खर्च व्यवस्थापन गर्ने भन्ने किसिमको योजना पनि बन्दै जान्छ। 

२. खर्चको विवरण राख्नु 
पछिल्लो समय अनलाइन कारोबार पनि धेरै हुने भएकाले मानिसले आफ्नो खर्चको विवरण राख्दैनन्। यसो गर्दा आफ्ने बजेटभन्दा धेरै खर्च हुन पुगिसकेको पनि उनीहरुलाई थाहा हुँदैन भने कतिपय अवस्थामा आफूले सोचेअनुसारको शपिङ पनि गर्न सक्दैनन्। 

३. ऋणबाट बच्नु 
आवश्यकभन्दा धेरै खर्चबाट बच्ने अर्को महत्वपूर्ण उपाय भनेको ऋणबाट बच्नु हो। चाडपर्व मनाउनकै लागि ऋण लिने बानीले खर्च व्यवस्थापनमा समस्या पर्न सक्छ। त्यसैले साथीभाइहरुबाट थोरै रकम पनि ऋण लिनबाट बच्नुपर्छ। लिनै परेको समयमा पनि आफूले सजिलै चुक्ता गर्न सक्ने रकम मात्र लिनुपर्छ। 

४. धेरै महँगो सामान नहेर्नु 
चाडपर्वको समयमा धेरै कुरामा पैसाको व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसैले कम मूल्यको सामान हेर्नु राम्रो हुन्छ। कहिलेकाहीँ चाडपर्वको अवसरमा ल्याइएको विभिन्न अफरमा सामग्री खरिद गरेर पनि पैसा बचाउन सकिन्छ। 

५. प्राथमिकता निर्धारण 
चाडपर्वको समयमा पैसाको व्यवस्थापनको लागि प्राथमिकता निर्धारण गर्नु पनि जरुरी हुन्छ। सही तरिकाले प्राथमिकता निर्धारण गरी तत्कालको लागि आवश्यक नभएको कुरालाई केही पछि सार्ने वा अनावश्यक खर्चलाई रोकेर पैसा व्यवस्थापन गर्न सकिन्छ। 

यसरी सही तरिकाले पैसाको व्यवस्थापन गर्न सकेको अवस्थामा भविष्यमा आइपर्न सक्ने वित्तीय समस्याबाट बच्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .