ad ad

जीवनशैली


मोबाइल फोन साथमै राखेर सुत्नुहुन्छ? सावधान!

मोबाइल फोन साथमै राखेर सुत्नुहुन्छ? सावधान!

नेपालखबर
भदौ २५, २०७९ शनिबार १३:३६, काठमाडौँ

धेरै मानिस सुत्ने समयमा आफ्नो मोबाइल फोन आफूभन्दा टाढा राख्न रुचाउँदैनन्। त्यसैले उनीहरु मोबाइल फोनलाई सिरानीमुनि वा आफ्नो खाटनजिकै राख्ने गर्छन्।

यस्तो गर्नुको कारण धेरै हुन सक्छ। तर, सबैभन्दा मुख्य कारण भनेको सुत्ने समयमा मोबाइल चलाउने बानी हो। प्यु रिसर्च सेन्टरले गरेको एक सर्वेक्षणअनुसार ६५ प्रतिशत वयस्क र ९० प्रतिशत किशोर आफ्नो फोन साथमा लिएर सुत्ने गर्छन्। 

यद्यपि यसो गर्दा यसले मानिसको स्वास्थ्यमा भने नकारात्मक असर पारिरहेको हुन्छ। स्मार्टफोन साथमा लिएर सुत्ने बानीले मानिसमा थकान र राम्रो मुड नहुने समस्या पनि हुन सक्छ।

त्यस्तै सुत्नुभन्दा अगाडि मोबाइल चलाउनाले ब्लु लाइटको कारण राम्रो निद्रा नपर्ने समस्या पनि हुन सक्छ। यसबाहेक पनि अन्य धेरै नोक्सानी छन्, जुन मोबाइल फोन सुत्ने समयमा आफ्नो साथमा राख्नाले उत्पन्न हुन सक्छ। मोबाइल फोन आफ्नो साथमा राखेर सुत्नाले धेरै किसिमको बेफाइदा हुन सक्छ।

मोबाइल फोनबाट हानिकारक रेडिएसन निस्किन्छ। जसले मानिसको मस्तिष्कलाई असर पार्न सक्छ। जसको कारण टाउको दुख्ने, मांसपेशी दुख्ने तथा अन्य स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्छ। 

मोबाइल फोन रेडिएसन इरेक्टाइल डिसफंक्सनसँग जोडिएको हुन्छ। यसका साथै मोबाइल फोनबाट निस्किने ब्लु लाइटले निद्रा लगाउने हर्मोनलाई पनि बाधित गर्ने काम गर्छ। जसलाई मेलाटोनिन पनि भनिन्छ। यसले सर्केडियन रिदमलाई पनि अवरोध गर्छ। जसको कारण सुत्नमा समस्या हुन्छ। 

डब्ल्यूएचओ के भन्छ? 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार फोनबाट निस्किने आरएफ रेडिएसनले मानिसमा एक प्रकारको मस्तिष्क क्यान्सर ग्लियोमाको जोखिम उत्पन्न हुन सक्छ। 

सुत्ने समयमा कति टाढा हुनुपर्छ फोन? 
फोनलाई आफूभन्दा टाढा लैजाने बित्तिकै फोनबाट निस्किने रेडिएसनको कारण पर्ने असर आफैं कम हुन्छ। यद्यपि यसको लाथि कुनै दुरीको निश्चित सीमा दिइएको छैन। सामान्यतया सुत्ने समयमा मोबाइल फोनलाई कम्तीमा ३ फिट टाढा राख्नु राम्रो मानिन्छ।

कसरी छाड्ने मोबाइल चलाउँदै सुत्ने लत? 
सुत्नुअघि मोबाइल फोन चलाउने लत छाड्ने एउटा उपाय मोबाइल फोनलाई साइलेन्ट मोडमा राख्नु वा अफ गर्नु हो। रातको समयमा पनि कल गर्नुपर्ने अवस्था छ भने मोबाइललाई आफ्नो खाटभन्दा टाढा राख्न सकिन्छ।

अलार्मको लागि घडीको प्रयोग गर्नुहोस्। त्यस्तै सुत्नुभन्दा अगाडि ई–बुक पढ्ने आदत भएका मानिसले वास्तविक पुस्तक पढ्ने बानी बसाल्नु राम्रो हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .