ad ad

जीवनशैली


शरीरको उचाइअनुसार तौल कति हुनुपर्छ?

शरीरको उचाइअनुसार तौल कति हुनुपर्छ?

नेपालखबर
असार १८, २०७९ शनिबार १७:२२, काठमाडौँ

आफ्नो तौल कति रहेको राम्रो हुने भन्ने धेरै मानिसको चासोको विषय हुन्छ। तर, मानिसको तौल कतिसम्म रहनु स्वस्थकर हो भन्ने विषयमा भने उमेर र उचाइको पनि भूमिका उत्तिकै हुन्छ।

मानिसको उचाइअनुसारको तौल मापन गर्ने सूचकलाई बडी–मास इन्डेक्स (बीएमआई) भनिन्छ। 

बीएमआई मापन गर्दा मानिसको उचाइअनुसारको तौलको आधारमा स्वस्थकर वा अस्वस्थकर तौल भन्ने हेरिन्छ।

यसमा मानिसको उचाइलाई वर्गमिटरमा मापन गरी त्यसले मानिसको तौललाई भाग गरिन्छ। यसरी आएको नाप नै बीएमआई हो।

उदाहरणको लागि तपाईँको बीएमआई मान २५ आयो भने यसको अर्थ तपाईँको शरीरको तौल प्रतिवर्गमिटर २५ किलोग्राम छ भन्ने हो।

धेरैजसो वयस्क मानिसमा बीएमआई सूचक १८.५ देखि २४.९ को बीचमा रहनु राम्रो मानिन्छ।

बीएमआई सूचक १८.५ भन्दा कम रहनुले उचाइअनुसारको शरीरको तौल कम छ भन्ने बुझाउँछ भने २४.९ भन्दा बढी रहनुले पनि उचाइअनुसार तौल बढी छ भन्ने बुझाउँछ। 

बीएमआईले मानिसको उचाइअनुसारको तौल मापन गरे पनि यो मात्र सर्वेसर्वा भने होइन। खँदिलो मांशपेशी भएका मानिसको तौल उचाइअनुसार बढी पनि हुन सक्छ।

जसको उदाहरणको रुपमा धेरै तौल भएका बक्सिङ खेलाडी, तौल प्रशिक्षक र एथ्लेट्सहरुलाई लिन सकिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .