कोशी


विश्वप्रकाशले चुनाव नलड्ने घोषणा गरेपछि झापा-१ बाट एन्फा अध्यक्ष नेम्वाङसहित ५ जनाको नाम सिफारिस

विश्वप्रकाशले चुनाव नलड्ने घोषणा गरेपछि झापा-१ बाट एन्फा अध्यक्ष नेम्वाङसहित ५ जनाको नाम सिफारिस

नेपालखबर
माघ ३, २०८२ शनिबार १९:२५, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा- १ मा नयाँ नाम सिफारिस गरिएको छ। 

शनिबार बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले ५ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए।

सिफारिस हुनेमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन्। पार्टीका तत्कालीन महामन्त्री एवं वर्तमान उपसभापति शर्मा विसं २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। 

गत महिना पार्टी क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। शर्माले यसपटक उम्मेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad