कोशी


निर्वाचन खर्च विवरण नबुझाएको भन्ने खबर भ्रामकः पूर्व मुख्यमन्त्री राई

निर्वाचन खर्च विवरण नबुझाएको भन्ने खबर भ्रामकः पूर्व मुख्यमन्त्री राई

नेपालखबर
पुस १६, २०८२ बुधबार १६:२९, ​विराटनगर

नेकपा एमालेका सचिव तथा कोसी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले आफूले निर्वाचन खर्च विवरण नबुझाएको भनी सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत  स्पष्टीकरण सार्वजनिक गर्दै आफ्नो नाममा सम्प्रेषण गरिएका त्यस्ता समाचार र प्रचारबाजी सत्य नभएको जानकारी गराएका हुन्।

गत निर्वाचनमा उम्मेदवार हुँदा खर्च विवरण पेश नगरेको र सार्वजनिक नगरेको भन्दै केही भ्रमपूर्ण समाचारहरू बाहिरिएपछि नेता राईले आफूले बुझाएको खर्च विवरणका आधिकारिक कागजात र रसिदहरू समेत सार्वजनिक गरेका छन्।  

उनले भनेका छन्, ‘आफूबाट कहिल्यै पनि कानुनी सीमा र प्रबन्धमा चुक्ने कार्य नभएको र आगामी भविष्यमा पनि त्यस्तो नहुने प्रतिबद्धता व्यक्त गर्दछु।’

भोजपुर जिल्ला निर्वाचन कार्यालयमा तोकिएको समयमै खर्च विवरण बुझाएको प्रमाण पेश गर्दै उनले निर्वाचन आयोगलाई समेत यस विषयमा आधिकारिक रूपमा खण्डन गरिदिन आग्रह गरेका छन्।

​नेता राईले सार्वजनिक गरेको विवरणमा निर्वाचनका क्रममा भएका विभिन्न शीर्षकका खर्चहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ।

उनले सञ्चारमाध्यममा आएका गलत सूचनाले जनमानसमा भ्रम पैदा गर्ने भन्दै सत्यको खोजी गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad