कोशी


संविधान पुनर्लेखनको माग गर्दै जसपाले गरायो ध्यानाकर्षण

संविधान पुनर्लेखनको माग गर्दै जसपाले गरायो ध्यानाकर्षण

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १५:२६, विराटनगर

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मोरङले संविधान पुनर्लेखनको माग गर्दै ध्यानाकर्षण गराएको छ।

जसपा मोरङ जिल्ला समितिले संविधान पुनर्लेखन र सङ्घीयतालाई थप सुदृढ बनाउनुपर्ने माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको हो।  ज्ञापन पत्रमा जसपाले देशव्यापी सङ्घर्षका कार्यक्रम सुरु गर्ने समेत घोषणा गरेको छ। 

पहिलो चरणको कार्यक्रम अनुसार, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे ज्ञापन पत्र बुझाइएको जसपाका नेता जयराम यादवले जानकारी दिए। उनका अनुसार, जसपा नेपालले सङ्घीय संरचना, समावेशिता, पहिचान, समान अधिकार र संविधान संशोधन सहितको माग अघि सारिएको छ। 

जसपाले आफ्ना मुद्दा सम्बोधन गराउन सरकारलाई दबाब दिने उद्देश्यले देशभर चरणबद्ध आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। पहिलो चरणमा मङ्सिर ११–१५ गतेसम्म सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्रमा कोणसभा र जनपरिचालन अभियान सञ्चालन गर्ने, 

दोस्रो चरण मङ्सिर १९–२१ सम्म जिल्ला प्रशासन कार्यालय अगाडि २८ बुँदे मागसहित प्ले–कार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिने उनले बताए। त्यस्तै तेस्रो चरणको कार्यक्रम अनुसार,  मङ्सिर २७ देखि पुस ४ गतेसम्म देशभरका ६८ जिल्लामा जिल्ला स्तरीय विरोध सभा तथा जनसभा गर्ने कार्यक्रम रहेको यादवले बताए। 

जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादव, केन्द्रीय सदस्य सदिना खातुन, रञ्जु बर्मा, सुरेश सिंह गनगाई, कोसी प्रदेश समितिका उपाध्यक्ष अनिल ठाकुर, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, उपाध्यक्ष मन्तलाल यादव लगायतका नेताहरू जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad