सुनसरी जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका लाखौं रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार गढी गाउँपालिका–२ बाट को।१ ह ८१७० नम्बरको अटो टेम्पोमा भन्सार छली गरी ल्याइँदै गरेको करिब ५ लाख रुपैयाँ बराबरका ५ सय पिस कुर्ता सुरुवाल बरामद गरिएको हो।
त्यस्तै, देवानगंज गाउँपालिका–४ बाट करिब ४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका ९ सय पिस कुर्ता सुरुवाल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, कोशी गाउँपालिका–७ बाट चेकजाँचका क्रममा करिब ६३ हजार २ सय ८० रुपैयाँ बराबरका विभिन्न खाद्यान्न सामग्री समेत बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चाडपर्वका अवसरमा भन्सार छलीका गतिविधि बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्लाभर कडाइ गरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार, बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने छ।
Shares

प्रतिक्रिया