कोशी


विराटनगरमा छाडा छोडिएका २९ खसी बाख्रा नियन्त्रणमा, तीन दिनभित्र नलिए लिलाम गरिने

विराटनगरमा छाडा छोडिएका २९ खसी बाख्रा नियन्त्रणमा, तीन दिनभित्र नलिए लिलाम गरिने

नेपालखबर
साउन २१, २०८२ बुधबार २१:२२, विराटनगर

विराटनगर महानगरपालिकाले सार्वजनिक सडकमा छाडा छाडिएका २९ वटा खसी र बाख्रा नियन्त्रणमा लिएको छ।

बुधवार महानगरपालिका–६ र ११ का विभिन्न स्थानहरूबाट ती पशुहरू नियन्त्रणमा लिई वीरेन्द्र सभागृह छेउमा राखिएको नगर प्रहरीले जनाएको छ।

नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले सार्वजनिक स्थलमा छाडा छाडिएका पशुहरूले सवारी आवागमन, सरसफाइ र जनस्वास्थ्यमा समस्या निम्त्याउने भएकाले नियन्त्रणमा लिएको जानकारी दिए।

यसरी नगर प्रहरीले नियन्त्रणमा लिएका पशुहरू खसी बाख्राको पाँच सय, गाई गोरूको २ हजार र भैसीको २ हजार पाँच सय जरिवाना तिर्नु पर्ने महानगरको कानुन छ।

‘पशु धनीहरूले नियमानुसारको जरिमाना तिरेर तीन दिनभित्र पशु लिन सक्नेछन्,’ निरीक्षक पौडेलले भने, ‘तोकेको समयमा नआएमा ती खसी बाख्रा लिलामी प्रक्रिया अघि बढाइनेछ।’

महानगरपालिकाले यसअघि पनि पटक–पटक सूचना जारी गर्दै सार्वजनिक स्थलमा पशु नछाड्न आग्रह गर्दै आएको थियो। तर सूचना बेवास्ता भएपछि नगर प्रहरीले कारबाही प्रक्रिया थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad