झापाको गौरादह नगरपालिका-४ जोरघरेमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ।
करेन्ट लागेर स्थानीय ५४ वर्षकी चन्द्रमाया नेम्वाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय (दमक) ले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राति आफ्नै घरदेखि करिब १० मिटर पूर्व-उत्तरतर्फ रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा चन्द्रमायालाई करेन्ट लागेको थियो।
करेन्टले खेतमै ढलेकी थिइन्।
पछि उनका छोरा सुशील नेम्बाङले देखेपछि उनलाई घर ल्याएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
366
Shares

प्रतिक्रिया