पाँचथर जिल्ला भएर बग्ने तमोर नदीको जलसतहले सतर्कता तह पार गरेको जानकारी दिँदै जल तथा मौसम विज्ञान विभागले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ।
विभागले आज (बुधबार) बिहान सूचना जारी गरी नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन भनेको हो।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘पाँचथर जिल्लास्थित तमोर नदी माझीटार जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटिय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहुन अनुरोध छ।’
153
Shares

प्रतिक्रिया