कोशी


सुनसरीमा मोटरसाइकलमा सवार युवकमाथि गोली प्रहार, अवस्था गम्भीर

सुनसरीमा मोटरसाइकलमा सवार युवकमाथि गोली प्रहार, अवस्था गम्भीर

नेपालखबर
बैशाख २, २०८२ मंगलबार ८:१८, विराटनगर

सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली लागेर १ जना गम्भीर घाइते भएका छन्।

गोली लागेर देवानगन्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि बसेका शिवकुमारलाई देवानगन्ज-७ का कामेश्वर यादवले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।

गोली प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल देवानगन्ज बजार पुग्नसाथ साँझ गोली प्रहार भएको प्रहरीको भनाइ छ।

शिवकुमारको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि विराटनगर ल्याइएको डीएसपी खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad