कोशी


पाथीभरा केबुलकार विरोधमा आन्दोलनरत पक्षद्वारा वार्ता टोली गठन

पाथीभरा केबुलकार विरोधमा आन्दोलनरत पक्षद्वारा वार्ता टोली गठन

पाथिभरा मन्दिर


नेपालखबर
माघ २१, २०८१ सोमबार १७:८, विराटनगर

पाथीभरामा केबुलकार बनाउन नहुने भन्दै आन्दोलनरत पक्षहरूले सरकारसँग वार्ताको लागि टोली गठन गरेको छ।

सङ्घीय सरकारले गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ताको लागि समिति गठन गरेसँगै आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको हो।

आन्दोलनरत पक्षले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार र मुक्कुमलुङ संरक्षक संस्थाहरू र संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षको स्थायी समाधान गर्न भन्दै टोली गठन गरिएको उल्लेख गरेका छन्।

वार्ताका लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शङ्कर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

वार्ता र संवादको माध्यमबाट केबलकार लगायतका समस्यालाई शान्तिपूर्ण समाधान गरिनुपर्छ भन्नेमा आन्दोलनरत पक्ष सकारात्मक रहेको विज्ञप्तिमा भनिएको छ।

सरकारद्वारा गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा माघ २० गते वार्ता समिति गठन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad