ad ad

कोशी


कोशीमा कांग्रेसका शमशेर राई र एमालेबाट राम राना मन्त्री बन्दै

कोशीमा कांग्रेसका शमशेर राई र एमालेबाट राम राना मन्त्री बन्दै

नेपालखबर
असोज २८, २०८० आइतबार १३:४१, काठमाडौँ

कोशी सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट आइतबार दुईजना मन्त्री बन्ने भएका छन्। 

कांग्रेसबाट नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज शपथपछि सोनो मन्त्रिमण्डल गठन गर्ने भएका हुन्।

निवर्तमान मन्त्री एवं एमाले सांसद पाँचकर्ण राई (पीके) ले  एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बन्ने जानकारी दिए। 

उनीहरू दुवैजना इलामका हुन्। 

आफ्नो पार्टीका ८ सहित एमालेकै ३९ सांसदको समर्थनमा कांग्रेस नेता कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

कांग्रेसमा विद्रोह गरी मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता गठबन्धनले पनि समर्थन गरेको छ। यसपछि एमाले सरकारमा सहभागी नहुने हो कि भन्ने अनुमान भइरहेका बेला मन्त्री बन्नेको नाम सार्वजनिक भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .