कोशी


संघीयताको मर्म र उद्देश्य जनताले बुझ्न सकेनन् : मुख्यमन्त्री कार्की

संघीयताको मर्म र उद्देश्य जनताले बुझ्न सकेनन् : मुख्यमन्त्री कार्की

नेपालखबर
पुस २६, २०७९ मंगलबार १५:१८, विराटनगर

प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री हिक्मत कार्कीले संघीय संरचनाको मर्म नबुझेर बिरोध गर्नेलाई कामको माध्यमबाट चिर्नु अहिलेको सरकारको मुख्य दायित्व रहेको बताएका छन्।

मंगलबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता अपनाउने मुलुक मध्ये सबै भन्दा कान्छो मुलुक नेपाल भएकाले पनि जनताले यसको मर्म र उद्देश्य बुझ्न नसकेको बताए। कतिपय दलहरुले यसको खारेजीको मुद्दा बनाउँदा पनि समस्या थपिएको उनको धारणा छ।

उनले व्यवस्था भन्दा पनि सेवा प्रदान गर्ने संघीय संरचनालाई बुझ्न पर्ने उनको भनाइ छ।

प्रदेश स्थापित गर्ने क्षेत्रमा दलहरु चुकेको विषयलाई समीक्षा गर्दै अब सबै दल संघीयतालाई सुदृढ बनाउन एक ठाउँ उभिनु पर्ने आवश्यकतामा जोड दिए।

कार्कीले सरकारले प्रदेश सरकारले साझा न्यूनतम कार्यक्रम ल्याउने गरि आवश्यक तयारी भइरहेको जानकारी दिए।

उनले प्रदेशको नामाकरणको विषय सबैभन्दा बढी आलोचना भएकाले यो सरकारले उच्च प्राथमितामा राखेको बताए। उनले सम्भव भए सहमति नभए आवश्यक विधिबाट नामाकरणको टुंगो लगाउने सरकारले पहल गर्ने बताए।

उनले दलहरुप्रति जनताको व्यापक असन्तुष्टि रहेकाले पनि सरकारको कार्यक्रमबाट चिर्दै लाने बताए। 

सरकार संचालनमा सत्ता पक्ष र प्रतिपक्ष भएपनि संघीयतालाई थप सुदृढ बनाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु एक ठाउँमा रहने उनले प्रतिबद्वता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले संघले प्रदेशलाई पूर्ण अधिकार दिन नचाहेको बताए।

उनले संघले पाँच वर्षको अवधिमा पनि संघीय कानून निर्माण नगर्दा  प्रदेशलाई अधिकार दिने कुरामा बाधा भएको बताए। संघले प्रदेश सरकारहरुलाई पूर्ण अधिकार प्रदान गर्ने आवश्यक कानुन निर्माणका लागि प्रदेश सरकारले दबाब दिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad