सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिक बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
गुमीबाट सुर्खेततर्फ आउँदै गरेको कप्र०२००१ च०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका दुई स्थानीयलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए।
दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका११ धुलियाबिटका अन्दाजी ३४ वर्षीय प्रेम बुढाको पेट र टाउकोमा गम्भीर चोट लाग्दा उपचारका क्रममा बुधबार बिहान ११ बजेको समयमा मृत्यु भएको छ।
यस्तै, सोही दुर्घटनामा परी अन्दाजी ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बोलेरो चालक सुर्खेतको लेकबेशी नगरपालिका ६ का २१ वर्षीय यामलाल सुनार र दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको छ।
Shares

प्रतिक्रिया