कृषि विकास कार्यालय जाजरकोटको जिम्मा विद्या गौतमले समालेकी छन्। गौतमते शुक्रबारदेखि कार्यालय प्रमुखको जिम्मेवारी समालेकी हुन्।
उनी कृषितर्फ कर्णाली प्रदेशमा कार्यालय प्रमुखको जिम्मेवारी पाउने पहिलो महिला कर्मचारी बनेकी छन्। यसअघि कर्णाली प्रदेशको कृषि कार्यालय प्रमुखमा महिला पुग्न सकेका थिएनन्।
कृषि विकास कार्यालय जाजरकोट कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कार्यालय हो।
मन्त्रालयका सचिव परशुराम रावतले कर्णाली प्रदेशमा कृषितर्फ कार्यालय प्रमुख बन्नेमा पहिलो महिला विद्या गौतम भएको जानकारी दिए।
गौतम वरिष्ठ कृषि प्रसार अधिकृत (उपसचिव) हुन्।
3.5k
Shares

प्रतिक्रिया