नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरमा जागरणसभा गरेको छ। एमालेको जागरणसभाको र्यालीमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन्।
मंगलबार दिउँसो १ बजेदेखि मंगलगढी चोकबाट सुरु भएको र्याली वीरेन्द्रनगरको पिपल चौतारा नजिक पुगेर कोणसभामा परिनत भएको छ।
लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि प्रतिगामी षड्यन्त्रका विरुद्ध बृहत जागरणसभा आयोजना गरिएको एमालेले जनाएको छ।
सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन्।















102
Shares

प्रतिक्रिया