नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा शोक तथा विरोधसभा गरेको छ।
शुक्रबार राजसंस्थाको पुनःस्थापनाको माग राख्दै राजावादीहरुले काठमाडौँमा गरेको प्रदर्शनमा सञ्चारकर्मीमाथि भएको आक्रमणविरुद्ध सुर्खेतमा विरोध सभा गरिएको हो।
हिंसात्मक प्रदर्शनमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले सार्वजनिक तथा नीजि भवनमा र सञ्चार माध्यमका कार्यालयहरुमा आगजानी गरेका थिए।
उक्त आगजनीमा परि पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको थियो। एभिन्युज टेलिभिजनमा फोटोपत्रकारको रुपमा कार्यरत सुरेश रिपोर्टिङको क्रममा राजावादी आन्दोलनकारीले लगाएको आगलागीमा परेका थिए।
सञ्चारकर्मीहरुले आन्दोलनका नाममा संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने जस्ता घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गरेका छन्।
Shares

प्रतिक्रिया