ad ad

कर्णाली


कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

नेपालखबर
साउन २१, २०८१ सोमबार १७:५३, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। 

सोमबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन्। 

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए।

२७ चैत २०८० मा नेकपा माओवादी केन्द्रको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका थिए। 

४० सदस्यीय प्रदेशसभामा सत्ता गठवन्धनका पक्षमा स्वतन्त्रसहित २३ जना सांसदले मतदान गरेका थिए। मतदानमा ३७ जना सांसद सहभागी भएकोमा विपक्षमा १४ मत परेको थियो। 

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक सांसद छन्। 

कांग्रेसका १५ सांसद मध्ये संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा सांसद सन्तोषी शाही अनुपस्थित भए। 

अख्तियारले बाइडबढी खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि शाही अहिले निलम्बनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .