कर्णाली


हुम्लामा हेलिकोप्टरबाट सुत्केरीको उद्धार, सुर्खेत पुर्‍याएर उपचार

हुम्लामा हेलिकोप्टरबाट सुत्केरीको उद्धार, सुर्खेत पुर्‍याएर उपचार

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८१ शनिबार २१:३, सिमकोट (हुम्ला)

अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षीया गर्भवती लक्ष्मी बुढालाई उद्धार गरिएको छ।

सुत्केरी व्यथाले च्यापेपछि लौँठी स्वास्थ्यचौकीमा पुर्‍याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आज हेलिकप्टरमार्फत उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको हो।

बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डारीले बताए। ‘सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्यचौकीमा ल्याइएको थियो, तर सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो’, संयोजक भण्डारीले भने।

यसका लागि  स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad