कर्णाली


कर्णालीको मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा कँडेल नियुक्त

नेपालखबर
चैत २७, २०८० मंगलबार १८:८, काठमाडौँ

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

प्रदेश तिलक परियारले कँडेललाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मंगलबार नै कँडेलले प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरेका थिए। 

प्रदेश प्रमुख परियारले दलहरूलाई बहुमत पुर्‍याएर सरकार निर्माणका लागि दाबी पेस गर्न मंगलबार साँझ ५:५० बजेसम्मको समय दिएका थिए।

सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्।

कँडेललाई एमालेका  सभामुखसहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन आवश्यक संख्या २१ हो। गठबन्धनको पक्षमा २४ जना सांसद छन्। कँडेललाई सभामुखबाहेक पनि २३ जनाको समर्थन छ। 


तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म माओवादी सरकारमा नजाने माओवादी नेताहरूको अडान छ। माओवादीले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास गरी ४ वटा महत्त्वपूर्ण मन्त्रालयमा दाबी गरिरहेको छ।

माओवादीका राजकुमार शर्माले चैत २१ मा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .