ad ad

कर्णाली


निरन्तर वर्षापछि सुर्खेतमा ‘अलर्ट’ जारी, उद्धार टोली तयारी अवस्थामा

निरन्तर वर्षापछि सुर्खेतमा ‘अलर्ट’ जारी, उद्धार टोली तयारी अवस्थामा

नेपालखबर
साउन २८, २०८० आइतबार १३:३२, सुर्खेत

निरन्तर वर्षा बढेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभरका जोखिमयुक्त ठाउँमा ‘अलर्ट’ जारी गरेको जनाएको छ।  

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ, साझघाट, तरंगा, पाक्मा र रानीघाटका गाउँ र पञ्चपुरी नगरपालिको तिखाकुना, वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २, ३, ९ र १० का विभिन्न स्थान जोखिममा रहेका छन्।

यी स्थानका नागरिकहरुलाई सजग हुनका लागि सम्बन्धि वडाका जनप्रतिनिधिहरूलाई तयारी अवस्था रहन सूचना गरिएको छ।

यस्तै, प्रशासनकाअनुसार यदी कुनै पनि स्थानमा विपतले क्षति पुर्याएको खण्डामा उद्धारका लागि सुरक्षा निकायलाई तैनाथ अस्थामा राखिएको छ।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिकाको तल्लो भूभाग डुबानमा पर्ने भएकाले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा बस्नका लागि सूचना गराई गरिसकेको जानकारी दिइन्।

नगरप्रमुख ढकालले जोमिखमा रहेका वडा कार्यालयका वडाध्यक्षहरूलाई तयारी अवस्थामा रहनका लागि निर्देशन गरिसकेको जानकारी दिइन्। उनले भनिन्, ‘नगरपालिकाको स्रोत साधानलाई तयारी अवस्थामा राखेका छौँ। प्रशासनसँग पनि समन्वय मै छौँ।’

यस्तै, मौसमविद्का अनुसार सुर्खेत जिल्ला भर र दैलेखको अधिकांश भागमा भारी वर्षा जारी रहेको छ। गएरातिदेखि परेको अविरल वर्षा तत्कालै कम हुने संकेत नदेखिएको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारीले भने, ‘दैलेख, सुर्खेत भन्दा बढी बर्दियाको भागमा बढी वर्षा भइरहेको छ। वर्षा अहिले नै रोकिने स्थिति छैन्। भोलीबाट केही सुधार हुनसक्ने संकेत देखिन्छ।’

साथै उनले हिमाल भन्दा पहाड र तराईमा बढी वर्षा भइरहेको जानकारी दिए। उनकाअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनीका धेरै जसो स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .