कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सहचालक घाइते भएका छन्।
बिहीबार बिहान १:१५ बजे तिलागुफा नगरपालिका–५ स्थित धनाडामा कर्णाली प्रदेश ०२००१ ख ०३५६ को मिनी ट्रक दुर्घटनामा परेको हो।
मुगुबाट ग्यास सिलिन्डर बोकेर सुर्खेतका लागि छुटेको मिनी ट्रक दुर्घटनामा चालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पाल्तडाका २८ वर्षीय छविप्रसाद चौलागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिए।
दुर्घटनामा परी घाइते उनको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) मा मृत्यु भएको हो।
यस्तै दुर्घटनामा सोही ठाउँका १८ वर्षीय सहचालक दिनेश शाही घाइते भएको र उनको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको प्रहरी जनाएको छ।
ट्रक सडकबाट ५०० मिटर तल खसेको थियो।
Shares

प्रतिक्रिया