ad ad

कर्णाली


वीरेन्द्रनगरबाट लागुऔषधसहित दुई पक्राउ

वीरेन्द्रनगरबाट लागुऔषधसहित दुई पक्राउ

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १९:३५, सुर्खेत

सुर्खेत जिल्लाको वीरेन्द्रनगरकाबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार वीरेन्द्रनगर–६ सनिहल लाइनबाट एक जना र बिहीबार वीरेन्द्रनगर–११ बाट एक जनालाई पक्राउ गरेको हो।

कर्णाली प्रदेश लागुऔषध ब्यूरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर–६ सनिहल लाइनमा शंकास्पद अवस्थामा हिँडिरहेको समयमा वीरेन्द्रनगर–९ का २४ वर्षीया उत्सब जिसिलाई प्रकाउ गरेको हो।

उनलाई चेक जाँच गर्दा शुद्ध ७० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

यस्तै, बिहीबार प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय दिनेश राजीलाई पक्राउ गरेको छ। राजी सार्वजनिक स्थानमा शंकास्पद रुपमा बसेको अवस्थामा प्रकाउ हो।

राजीको खानतलासी गर्दा दुई पुडिया लुकाई छिपाई राखेको नापतौल गर्दा प्लाष्टिक बाहेक १०० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ बरामत गरेको प्रहरीको भनाई रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .