ad ad

कर्णाली


जाजरकोटका एक शिक्षकलाई विप्लव नेतृत्वको नेकपाले दल्यो कालोमोसो

करिब २ करोड २१ लाख  रकम हिनामिना गरेको आरोप
जाजरकोटका एक शिक्षकलाई विप्लव नेतृत्वको नेकपाले दल्यो कालोमोसो

नेपालखबर
पुस ९, २०७९ शनिबार १६:२, सुर्खेत

जाजरकोटमा एक जना शिक्षकलाई नेकपा विप्लव निकट यूवा संगठनले कालोमोसो दलेको छ। जिल्लाको कुशे गाउँपालिका–४ को हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक र बहादुर शाहीलाई शनिबार कालोमोसो दलेको हो। 

शाही शिक्षण पेसामा आवद्ध हुँदा पनि सोही पालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिकोअध्यक्ष बनेर २०६४ सालदेखि २०७९ सालसम्म करिब २ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ।

साथै शिक्षक शाहीले बैकल्पिक उर्जाको कामलाई समेत अलपत्र पारेको जनाएको छ। 

यस्तै, समग्र विद्यार्थी र जनताको भविश्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गरेको युवा संगठनले आरोप लगाएको छ।

साथै शिक्षक शाहीले आफ्नो शिक्षण पेशालाई राजिनामा नदिइ नेपाली काङ्ग्रेस कुशे गाउँपालिकाको सचिव बनेर सिङ्गो शैक्षिक संस्थालाई अस्तब्यस्त बनाएको  निष्कर्श निकालेको छ।

यस विषयमा शिक्षकलाई शाहीले फोन गर्दा उनको फोन उठ्न सकेन्। 

यता जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रहरी नायव उपरिक्षक सन्तोस निरौलाले यस घटनाबारे कार्यलयमा हालसम्म कुनै जानकारी नआएको बताए। उनले भने, ‘हामीले पनि फेसबुकबाटै मोसो दलेको भन्ने थाहा पाएका हौँ। तर, पीडित हामी कहाँ सम्पर्कमा आउनुभएको छैन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .