ad ad

कर्णाली


संविधान रक्षाका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक : खड्का

संविधान रक्षाका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक : खड्का

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १५:३४, सुर्खेत

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक हुने बताएका छन्।

उपसभापति खड्काले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्वोधन गर्दै यस्तो बताएका हुन्। 

उपसभापति खड्काले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठूला विकास योजना सन्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। 

उपसभापति खड्काले ७० वर्षको नेपाली जनताको संघर्षपछि जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए। 

उनले संविधान बाँकी कामहरूलाई पूर्णता दिनका लागि पनि वाम लोकतान्त्रिक गठबन्धनको जीत आवश्यक रहेको बताए।

उनले भने, ‘संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुत रुपमा विकासका लागि बाम लोकतान्त्रिक गठबन्धन बनेको हो’ खड्काले भने।

यस्तै, सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका खड्काले मंसिर ४ को निर्वाचन जीतेपछि संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न, संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्ने वाचा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .