राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छिन्।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
असोज १४, २०७९, शुक्रबार
प्रतिक्रिया