ग्लोबल


डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स वाटसनको निधन

डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स वाटसनको निधन

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार ८:५८, काठमाडौँ

डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए। 

कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। 

वाटसनले त्यहाँ धेरै दशकदेखि काम र अनुसन्धान गरेका थिए।

अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।

डीएनए संरचनाको खोजलाई २०औँ शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिमध्ये एक मानिन्छ।

उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल-हेलिक्स संरचना पहिचान गरेका थिए। यसले आणविक जीव-विज्ञानमा द्रुत प्रगतिका लागि मार्ग प्रशस्त गर्‍यो।

वाटसनले जातीय र लिङ्ग भेदभावयुक्त टिप्पणी पनि गरेका थिए। जसले उनको प्रतिष्ठालाई गम्भीर रूपमा क्षति पुर्‍यायो।

एक टीभी कार्यक्रममा उनले कालो र गोरा मानिसबीच औसत आईक्यूमा भिन्नताका लागि जिन जिम्मेवार रहेको दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad