भारतीय प्रदेश उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित हर्सिलनजिकैको धराली क्षेत्रमा मंगलबार दिउँसो आएको भीषण बाढी-पहिरोका कारण ठूलो मात्रामा जनधन क्षति भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु पुष्टि भएको छ भने ६० जना बेपत्ता भएको आशंका गरिएको छ। यसमा हर्सिल सेना शिविरका ८-१० सैनिक पनि रहेको बताइएको छ।
स्थानीय प्रशासनले मृतकको संख्या बढ्न सक्ने बताएको छ। एसडीआरएफ, एनडीआरएफ, आईटीबीपी र सेनाका टोलीहरू उद्धार तथा खोजीमा खटिएका छन्।
पहाडबाट खीर गंगा नदीमा लेदोसहित ओइरिएको बाढीले धरालीको बजार, घर र होटल बगाएको छ। केवल ३४ सेकेन्डमा सबै नष्ट भएको हो।
एनडीआरएफका डीआईजी मोहसेन सहेदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार प्रारम्भिक जानकारीमा बाढी-पहिरोले ४० देखि ५० वटासम्म घर बगाएको छ।
हेर्नुहोस्, बाढी-पहिरोको त्यो कहालीलाग्दो दृश्य:
pic.twitter.com/5id63N5Th2— Narendra Nath Mishra (@iamnarendranath) August 5, 2025इस क्लोज अप वीडियो से समझें उत्तरकाशी में कितनी बड़ी तबाही हुई है और लोगों को वक्त तक नहीं मिला बचने का!
Shares

प्रतिक्रिया