मध्य प्रदेशको बैतुल जिल्लाको माछीमा रहेको एक प्राथमिक विद्यालयमा शनिबार ५ कक्षाका दुई विद्यार्थीले पुरानो मोबाइल फोनको ब्याट्रीले बल्ब बाल्ने प्रयास गर्दा विस्फोट भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा एक विद्यार्थीको दाहिने हातको दुई औँला क्षतविक्षत भएको छ भने एउटा औँला भुइँमा खसेको छ।अर्का विद्यार्थी पनि घाइते भएका छन्।
प्रारम्भिक अनुसन्धानमा विद्यार्थी अलकेसले फोहोरमा ब्याट्री फेला पारेको खुलासा भएको छ। उनले त्यो विद्यालय ल्याए।
खाजा खाने समयमा अलकेस र उनका साथी भावेश दुवैले तार जोडेर बल्ब बाल्ने प्रयास गरे। यस क्रममा ब्याट्री विस्फोट भयो।
प्रधानाध्यापकले घाइते विद्यार्थीलाई झल्लरको सरकारी अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा भर्ना गरिएको बताए। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया