ad ad

ग्लोबल


पाकिस्तानमा जमिन विवादमा ४३ जनाको मृत्यु

पाकिस्तानमा जमिन विवादमा ४३ जनाको मृत्यु

नेपालखबर
साउन १४, २०८१ सोमबार २२:१९, काठमाडौँ

पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा जग्गा विवादमा ४३ जनाको मृत्यु भएको छ।

३० एकड जग्गाको स्वामित्वका विषयमा कुर्रमको पारा चिनारको उपनगर बुसेहरामा दुई पक्षबीच झडप भएको हो। 

यो लडाइँ बुसेहराका दुई गाउँमा बसोबास गर्ने जनजातिबीच भएको हो।

अधिकारीका अनुसार ६ दिनअघि सुरु भएको लडाइँ कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको थियो। 

सोमबार बिहान भएको झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।

आइतबार राति भएको झडपमा थप आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार मारिनेहरूमध्ये ३५ शिया जनजाति र आठ सुन्नी जनजातिका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .