ad ad

ग्लोबल


भारतमा भर्खर बिहे गरेकी श्रीमतीसहित परिवारका ८ जनाको हत्यापछि आत्महत्या

भारतमा भर्खर बिहे गरेकी श्रीमतीसहित परिवारका ८ जनाको हत्यापछि आत्महत्या

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ १६, २०८१ बुधबार १०:५३, काठमाडौँ

भारतको छिन्दवाडा जिल्लाको अन्तिम सीमामा पर्ने आदिवासी बाहुल्य क्षेत्र महुलझिर प्रहरी चौकीअन्तर्गत बोदलकछर गाउँमा एक आदिवासी परिवारका ८ जनाको सामूहिक हत्या भएको छ। 

परिवारका छोराले बन्चरो प्रहार गरी ८ सदस्यको हत्यापछि आफू पनि झुण्डिएर मरेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार ती युवकले आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठजनालाई बन्चरोले हानेर मारेका हुन्। यसपछि उनी आफू पनि झुन्डिएर प्राण त्यागे। 

घटना राति २–३ बजे भएको बताइएको छ भने महुलझीर प्रहरी घटनास्थल पुगेको छ। प्रहरीले पुरै गाउँ सिल गरेको छ। विस्तृत जानकारी आउन बाँकी छ। 

प्रहरीका अनुसार आरोपितको यही मे २१ तारिखका दिन बिहे गरेका थिए। पहिले उनले श्रीमतीको हत्या गरेका थिए। त्यसपछि ५५ वर्षीया आमा, ३५ वर्षीय भाइ, ३० वर्षीया भाउजुको हत्या गरे। बन्चरो प्रहार गरी उनले ५ वर्षीया भतिजी तथा ४ र डेढ वर्षका भतिजाको पनि हत्या गरेको प्रहरीले जनाएको छ।

अहिलेसम्म हत्याको कारण भने खुल्न सकेको छैन। प्रहरीका अनुसार आरोपित व्यक्ति मानसिक रूपमा विचलित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .