उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशको आणविक हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने मनसाय व्यक्त गरेका छन्।
एक दुर्लभ सन्देशमा उनले अमेरिकालाई उत्तर कोरियाको आणविक शक्तिलाई स्वीकार गर्न आग्रह गरेका छन्।
किम जोङ उनले भनेका छन्, ‘उत्तर कोरिया र अमेरिकाले सम्बन्ध सुधार गर्न सक्छन्, तर यसका लागि अमेरिकाले के स्वीकार गर्नुपर्छ भने उत्तर कोरियामा आणविक हतियार बनिरहन्छन्।’
किमले यो कुरा हालै देशको राजधानी प्योङयाङमा भएको सत्तारुढ वर्कर्स पार्टीको महाधिवेशनमा बताएको बीबीसीले उल्लेख गरेको छ।
उनको अभिव्यक्तिलाई आगामी अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने चीन भ्रमणअघि वार्ता हुने सम्भावनाको संकेत ठानिएको छ।
यद्यपि किमले दक्षिण कोरियासँगको सम्बन्ध सुधार गर्ने आशालाई खारेज गर्दै यसलाई उत्तर कोरियाको ‘सबैभन्दा ठुलो शत्रु देश’ भनेका छन्।
उनले अगाडि भनेका छन्, ‘अमेरिका-उत्तर कोरिया सम्बन्धको भविष्य पूर्ण रूपमा अमेरिकाको व्यवहारमा निर्भर हुनेछ।’
Shares

प्रतिक्रिया