ग्लोबल


इरानमा जारी विरोध प्रदर्शनमा रोकिएन हिंसा, २ सुरक्षाकर्मीसहित ३६ जनाको मृत्यु

६० भन्दा बढी प्रदर्शनकारी घाइते, २ हजार ७६ जना पक्राउ
इरानमा जारी विरोध प्रदर्शनमा रोकिएन हिंसा, २ सुरक्षाकर्मीसहित ३६ जनाको मृत्यु

इरानमा जारी विरोध प्रदर्शनका केही दृश्य। तस्बिर : बीबीसी


नेपालखबर
पुस २३, २०८२ बुधबार १४:१३, काठमाडौँ

इरानमा १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट्स् न्युज एजेन्सीका अनुसार (एचआरएएनए) ले प्रदर्शनमा मारिएकामध्ये ३४ जना प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी छन्। 

इरानी अधिकारीहरूले भने अहिलेसम्म मृतकको आधिकारिक संख्या जारी गरेका छैनन्, यद्यपि उनीहरूले तीन सुरक्षाकर्मी मारिएको बताएका छन्।

बीबीसी फारसीले अहिलेसम्म २० जनाको मृत्यु र पहिचान पुष्टि भएको जनाएको छ। 

एचआरएएनएका अनुसार, हिंसाका क्रममा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् र २ हजार ७६ जनालाई पक्राउ गरिएको छ।

इरानमा महँगी र आर्थिक संकटका कारण सुरु भएको विरोध प्रदर्शन देशका ३१ प्रान्तमध्ये २७ वटामा फैलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad