ग्लोबल


बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १४:३५, काठमाडौँ

अस्पतालमा उपचाररत बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएको छ। 

फोक्सोमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी ८० वर्षीया जियाको अवस्था चिन्ताजनक बनेको चिकित्सकले बताएका हुन्।

बंगलादेश राष्ट्रिय पार्टीका नेता मिर्जा फख्रुल आलमगिरले भने, ‘डाक्टरहरूले हामीलाई उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जानकारी दिनुभएको छ।’

केही वरिष्ठ नेता र समर्थकहरूले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जियालाई मिर्गौला सम्बन्धी समस्या, मधुमेह, फोक्सो समस्या र आँखासम्बन्धी रोग छन्।

उनकी जेठी छोरी तारिक रहमानले भनिन्, ‘हामी सबैको प्रार्थना र माया प्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं।’

खालिदा जिया तीनपटक बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन्।

सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएकी जियालाई विदेशमा उपचार गर्न पनि अनुमति थिएन।

उनी गत वर्ष मात्र रिहा भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad