ग्लोबल


न्युयोर्कको मेयरमा विजयी भएपछि ममदानीले ट्रम्पविरुद्ध के भने?

न्युयोर्कको मेयरमा विजयी भएपछि ममदानीले ट्रम्पविरुद्ध के भने?

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १२:४६, काठमाडौँ

न्युयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले आधा घण्टा लामो भाषणमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।

ट्रम्पलाई उल्लेख गर्दै ममदानीले भने, 'उनलाई सफल बनाउन सक्नेहरूले नै उनलाई हराउन सक्छन्।'

उनले अगाडि भने, 'डोनाल्ड ट्रम्प, मलाई थाहा छ- तपाईं यो सब देखिरहनुभएको छ। मसँग तपाईंका लागि चार शब्द छन्- भोल्युम केही बढाउनुहोस्।'

ट्रम्पले चुनावअघि मतदाताहरूलाई जोहरान ममदानीलाई मतदान नगर्न अपिल गरेका थिए।

ट्रम्पले भनेका थिए, 'यदि जोहरान ममदानी मेयर बने भने न्युयोर्कलाई कोष दिन गाह्रो हुनेछ।'

ममदानीले चुनावमा नि:शुल्क बस सेवा, विश्वव्यापी बाल हेरचाह र बढ्दो मुद्रास्फीति नियन्त्रण गर्नेलगायत आफ्ना सबै प्रतिज्ञा पूरा गर्ने वाचा गरेका थिए।

ट्रम्पले भनेका थिए, 'यदि वामपन्थी झुकाव भएका जोहरान ममदानी न्युयोर्क सहरको मेयर निर्वाचित भए भने मलाई न्युयोर्कमा संघीय कोष पठाउन गाह्रो हुनेछ।'

एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, 'राष्ट्रपतिको रूपमा मलाई न्युयोर्कमा धेरै पैसा पठाउन गाह्रो हुनेछ, किनकि न्युयोर्क कम्युनिस्टहरूको हातमा पुर्यो भने त्यहाँ पठाइएको पैसा खेर जानेछ।'

ट्रम्प प्रशासनले डेमोक्र्याटिक नियन्त्रित क्षेत्रहरूमा परियोजनाहरूका लागि संघीय कोष घटाउन बारम्बार प्रयास गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad