ग्लोबल


जेल फर्किए दिल्लीका मुख्यमन्त्री केजरीवाल

जेल फर्किए दिल्लीका मुख्यमन्त्री केजरीवाल

नेपालखबर
जेठ २०, २०८१ आइतबार २०:२८, काठमाडौँ

२१ दिनको अन्तरिम जमानत (धरौटी) को म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्।

दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भनिन्, ‘चुनाव लोकतन्त्रको जग हो। लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो। अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गरेका छन्।’

‘यो सत्य हो कि उनको स्वास्थ्य राम्रो छैन। उनको केटोन लेभल धेरै उच्च छ, उनको तौल छ किलोले घटेको छ तर पार्टीका कोही नेता जेल जान डराउँदैनन्।’

बीबीसी हिन्दीका अनुसार दिल्ली अन्तःशुल्क मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो।

अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad