ad ad

ग्लोबल


विष्णुदेव साई बने भारतीय राज्य छत्तीसगढको नयाँ मुख्यमन्त्री, आदिवासीबाट पहिलो

विष्णुदेव साई बने भारतीय राज्य छत्तीसगढको नयाँ मुख्यमन्त्री, आदिवासीबाट पहिलो

नेपालखबर
मंसिर २५, २०८० सोमबार ८:३३, काठमाडौँ

भारतीय राज्य छत्तीसगढको नयाँ मुख्यमन्त्री विष्णुदेव साई बनेका छन्। उनी आदिवासी समुदायबाट राज्यको पहिलो मुख्यमन्त्री भएका छन्। 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार रायपुरमा बसेको व्यवस्थापिका संसद्‌को बैठकले मुख्यमन्त्रीमा उनको नाम अनुमोदन गरेको हो। साईले भोलि डिसेम्बर १३ मा मुख्यमन्त्री पदको शपथ खानेछन्। उनी कुकुरी विधानसभा सिटबाट निर्वाचित भएका हुन्।

पूर्वमुख्यमन्त्री रमण सिंह विधानसभाको सभामुख र अरुण साव, विजय शर्मालाई उपमुख्यमन्त्री बनाउने विश्वास गरिएको दैनिक भास्करले उल्लेख गरेको छ। 

नयाँ मुख्यमन्त्री विष्णुदेव साई आदिवासी समुदायका हुन्, जसको जनसंख्या छत्तीसगढमा सबैभन्दा बढी छ। उनी रायगढ सिटबाट ४ पटक सांसद र प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा केन्द्रीय मन्त्री पनि भइसकेका छन्। साईलाई २०२० मा छत्तीसगढ भाजपाको अध्यक्ष बनाइएको थियो। उनी अगस्ट २०२२ सम्म यो पदमा रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .