ग्लोबल


कोरोनाको महामारीबीच नयाँ वर्षको स्वागतमा झुमे चिनियाँ (तस्बिरहरु)

राष्ट्रपति सीले भने : हामी यो संकटबाट चाँडै निस्किनेछौँ
कोरोनाको महामारीबीच नयाँ वर्षको स्वागतमा झुमे चिनियाँ (तस्बिरहरु)

नयाँ वर्षमा झुमिरहेका चिनियाँ। तस्बिर : रोयटर्स


नेपालखबर
पुस १७, २०७९ आइतबार १८:२६, काठमाडौँ

शनिबार रातिदेखि नै संसारभर नयाँ वर्ष सन् २०२३ को स्वागत उत्सवम मनाइँदैछ। 

अंग्रेजी नयाँ सम्वतको खुसीमा जापानदेखि अस्ट्रेलिया, दुबई, मड्रिड, पेरिसदेखि वासिङ्टनसम्म झुमिरहेको छ।

संसारका अन्य देशमा नयाँ वर्षको खुसीमा झुमिरहँदा चीनमा भने कोरोनाको अर्को महामारीले सताइरहेको छ।

सरकारले कडा प्रतिबन्धनका बावजुद चीनमा दैनिक दशौँ लाखलाई कोरोना संक्रमण भइरहेको छ।

तर कोरोना महामारीबीच चीनमा पनि सरकारी प्रतिबन्धनको प्रवाह नगरी लाखौँ मानिस सडकमा निस्किएर खुसियाली मनाइरहेका छन्। 

बेइजिङ र उहानमा आधि रातबीच लाखौँ मानिस नयाँ वर्षको स्वागतमा सडकमा उत्रिए। यसका कयौँ भिडिओ र तस्बिर अहिले भाइरल भइरहेका छन्। 

यसैबीच राष्ट्रपति सी चीनफीङनले देशबासीलाई चीनमा कोरोनाविरुद्धको लडाईं एक नयाँ चरणमा पुगेको बताएका छन्। 

'हाम्रोसामु ठूलो चुनौतीसँगै आशाको किरण पनि छ', उनले भनेका छन्, 'हामी एकसाथ मिलेर बलियोसँग संघर्ष गरेर यस संकटबाट निस्किनेछौँ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad