अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एबीसीका होस्ट एवं हास्य कलाकार (कमेडियन) जिमी किमेललाई तत्काल जागिरबाट बर्खास्त गर्न माग गरेका छन्।
यसको कारण हो- गत बिहीबार राति लेट-नाइट टक शोमा होस्ट किमेलले ट्रम्पकी पत्नी एवं अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पलाई ‘अपेक्षित एकल महिला’ भनेर व्यंग्य गरेका थिए।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म सामान्यतया जिमी किमेलले भनेको कुरामा ध्यान दिँदिनँ, तर यो टिप्पणी अनुचित छ। जिमी किमेललाई तुरुन्तै डिज्नी र एबीसीबाट निकाल्नुपर्छ।’
मेलानिया ट्रम्पले पनि जिमी किमेलको आलोचना गरेकी छन्।
उनले किमेलको टिप्पणीलाई ‘घृणित र हिंसात्मक’ भनेकी छन् र एबीसीसँग कारबाहीको माग गरेकी छन्।
एक्समा पोस्ट गर्दै मेलानिया ट्रम्पले भनेकी छन्, ‘जिमीजस्ता मानिसहरूलाई हरेक साँझ हाम्रो घरमा प्रवेश गर्न र घृणा फैलाउन दिन हुँदैन। उनका शब्द विषाक्त छन्।’
बीबीसीका अनुसार होस्ट जिमी किमेलले ह्वाइट हाउस संवाददाता डिनरको केही दिनअघि उक्त टिप्पणी गरेका थिए।
जिमी किमेलले भने आफूले उमेर भिन्नतालाई उजागर गर्न मात्र खोजेको जिकिर गरेका छन्।
Shares

प्रतिक्रिया