समाज


सुरुवाती मापनमा आज काठमाडौँको न्यूनतम तापक्रम बुधबारभन्दा २ डिग्री सेल्सियस बढी

सुरुवाती मापनमा आज काठमाडौँको न्यूनतम तापक्रम बुधबारभन्दा २ डिग्री सेल्सियस बढी

नेपालखबर
पुस १०, २०८२ बिहिबार ६:१५, काठमाडौँ

सुरुवाती मापनमा आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (बुधबार) को भन्दा २ डिग्री सेल्सियस बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस देखिएको हो। हिजो यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।

यद्यपि पछि बिहान ८:४५ बजे थप घटेर बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम बिहान ५:४५ बजेको भन्दा घट्ने सम्भावना हुन्छ। 

मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रह्यो भने घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकमत हुन्छ।  

बुधबार यस्तो थियो काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad