ad ad

ग्लोबल


भारतबाट नेपालतर्फ दुर्लभ ‘टोके जेको’ तस्करी

भारतबाट नेपालतर्फ दुर्लभ ‘टोके जेको’ तस्करी

शैलेन्द्र समदर्शी
भदौ २७, २०७६ शुक्रबार १५:३१,

भारतबाट नेपालमा छेपारो प्रजातिमा पर्ने दुर्लभ टोके जेकोको तस्करी सङ्गठित रूपमा हुँदै आएको खुलासा भएको छ।

शुक्रवार बिहानै टोके जेकोसहित दुई व्यक्तिलाई बेलाकोबा रेञ्जका वनकर्मीहरूले पक्राउ गरेपछि भारतबाट यसको तस्करी नेपालमा बढ़ेको खुलासा भएको हो।

स्मरणरहोस्, केही दिनअघि मात्र सशस्त्र सीमा बल (एसएसबी)को ४१ औं बटालियनका जवानहरूले टोके जेकोसहित दुई नेपाली नागरिकलाई पक्राउ गरेका थिए। पक्राउ पर्नेहरूमा मोहनलाल छेत्री (५८) र ठाकुर प्रसाद गौतम (४८) थिए।

आज बिहानै पक्राउ पर्ने अतुल सरकार र जीवन बर्मनले अन्तर्राष्ट्रिय बजारभन्दा नेपाली बजारमा टोकेको मूल्य बढ़ी रहेकोले अहिले यसको तस्करी नेपालमा बढ़ी हुनेगरेको स्वीकारे।

बोलाकोबा रेञ्जका अधिकारी एवं उत्तर बङ्गाल स्पेशल टाक्स फोर्सका प्रमुख सञ्जय दत्ताले भने, ‘बरामद टोकेलाई आरोपीद्वयले असमबाट किनेर नेपाल तस्करी गर्ने योजना बनाएर लगिरहेका थिए। दुवैले यो कुरालाई स्वीकारेका छन्।’

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा एउटा टोकेको मूल्य ५ देखि ६ लाख छ। नेपालमा योभन्दा बढ़ी मूल्य पाउने गरेकोले अहिले तस्करहरू नेपालकेन्द्रित भएका छन्।

वनकर्मीहरूले गोप्य सूचनाको आधारमा राष्ट्रिय राजमार्ग ३१ स्थित फटापुकुरमा एक छापामारी अभियान चलाएर अलिपुद्वार जिल्लाको फालाकाटानिवासी अतुल सरकार र जीवन बर्मनलाई जिउँदो टोके जेकोसहित आज पक्राउ गरेका हुन्। उनीहरूले उक्त टोकेलाई एउटा सानो हाते ब्यागमा लुकाएर राखेका थिए।

पक्राउ परेका आरोपीद्वयबाट दिल्लीस्थित एक कार्यालयले जारी गरेको कीर्ते प्रेस कार्ड पनि बरामद भएको छ। नेपालमा टोके जेकोको केही वर्षदेखि सङ्गठित रूपमा तस्करी हुँदै आएको हुनसक्ने अनुमान दत्ताले लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .