ad ad

ग्लोबल


नाइजेरियामा सयौं विद्यार्थी अपहरण गर्ने समूहका नाइके मारिए

नाइजेरियामा सयौं विद्यार्थी अपहरण गर्ने समूहका नाइके मारिए

नेपालखबर
बैशाख १८, २०७८ शनिबार २३:५६,

सयौं स्कूले विद्यार्थीको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकुसमूहका प्रमुख मारिएका छन्। प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा उनी मारिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

गत डिसेम्बरमा विज्ञान बिषय पढाइने सरकारी माध्यमिक विद्यालय कङ्कराका ५०० भन्दा बढी विद्यार्थीको अपहरणको नेतृत्व उनले गरेका छन्। अपहरणमा अवालुन दौडावा र उनको समूहको संलग्ना रहेको अधिकारीहरुले जनाएका छन्।

उत्तरपश्चिम र मध्य नाइजेरियामा बढ्दो सुरक्षा चुनौती बनेको यो सशस्त्र समूहको अपहरणको श्रृंखलामध्ये एक थियो । बिहीबार जामफारा राज्यका एक सरकारी अधिकारीले भनेका छन्, ‘दौडावाले फेब्रुअरीमा गरेको शान्ति सम्झौता पूरा नगरेको भन्दै उनी आफ्नो समूहको नेतृत्व लिन जङ्गलतर्फ फर्केका थिए। दौडावासहित उनका चार वरिष्ठ लडाकू उनको एक विरोधी समूहसँग शुक्रबार भएको दोहोरो झडपमा उनी मारिएका हुन्।’

उनले गत महिनाको एउटा शिविरमा प्रतिद्वन्द्वी गिरोहमाथि असफल छापा मार्दा उनका दुई जना सदस्यको मृत्यु भएको थियो। त्यसको बदला लिन आफ्ना मानिस खटाएको बेला भएको झडपमा दौडावाको मृत्यु भएको अधिकारीहरुको भनाई छ।

दौडावाले छजना साथीहरूसहित जामफारा राज्यका गभर्नर बेलो मटावालेसँग उनको कार्यालयमा आत्मसमर्पण गरेका थिए। जहाँ उनले हतियार बुझाएपछि डाकुहरूलाई माफी दिन माग गरेका थिए । तर सरकारसँग लामो समयसम्म भएको वार्तामा आफ्ना माग पूरा नभएको बताउँदै उनी जङ्गलतर्फ फर्केका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .