ad ad

ग्लोबल


मालीमा जिहादी समूह र शिकारीबीच झडप, ४० जनाको मृत्यु

मालीमा जिहादी समूह र शिकारीबीच झडप, ४० जनाको मृत्यु

नेपालखबर
बैशाख ६, २०७८ सोमबार २३:५९,

मालीमा दुई पक्ष बीच झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ।

लामो समयदेखि द्वन्द्वरत जिहादी समूह र परम्परागत शिकारीहरूबीच झडप हुँदा दुबै पक्षका गरी ४० जनाको मृत्यु भएको हो।

देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

हिंसात्मक झडपका कारण झण्डै एक हजार स्थानीय विस्थापित भएका छन् । हिंसात्मक घटनाले स्थानिय बासिन्दा त्रसित र आतङ्कित भएको पाइएको छ।

दुई पक्षका एक–एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।।

मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरूबीच बेला बेलामा यस्ता हिंसात्मक घटना हुदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .