भारतको कालेबुङ जिल्लामा आज अपराह्न एक यात्रीवाहक वाहन दुर्घटना हुँदा ३० वर्षीय चालक जीवन सुनुवारको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परेर अन्य १४ जना यात्री घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
जानकारीका अनुसार आज कालेबुङ बजारबाट गीत कोलबुङतर्फ फर्किरहेको डब्ल्यूबी ७८ ०५६४ नम्बरको यात्रीवाहक वाहन अपराह्न करिब ४ बजे लाभा बजारनजिक ९ माइलमा दुर्घटनामा परेको हो।
घाइतेहरूलाई लाभा ट्याक्सी ड्राइभर एसोसिएशनका सदस्य तथा स्थानीय युवाहरूले उद्धार गरी उपचारका लागि कालेबुङ जिल्ला अस्पताल पठाएका छन्।
चैत ११, २०७७, बुधबार
प्रतिक्रिया