ad ad

ग्लोबल


लन्डनमा काठमाडौं स्थायी घर भएका यी युवकको कुटेर हत्या

लन्डनमा काठमाडौं स्थायी घर भएका यी युवकको कुटेर हत्या

नेपालखबर
पुस २९, २०७७ बुधबार २:२९,

लन्डनमा एक नेपालीको हत्या भएको छ।

नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाका अनुसार काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको आइतबार राति हत्या भएको हो।

लन्डनको इस्टकोट रेल स्टेसनअगाडि आइतबार राति साढे १० बजेतिर एक जना २१ वर्षीय युवकले केसीकाे हत्या गरेका हुन्। 

‘सोसल ढाबा’ रेस्टुरेन्टमा काम गरेर फर्किंदै गरेका केसीकाे घर पुग्न केही मिनेटकाे बाटाे बाँकी रहँदा ती युवकसँग झगडा परेकाे थियो। त्यस क्रममा ती युवककाे कुटपिटबाट केसीकाे घटनास्थलमै मृत्यु भएकाे हाे। झगडाको कारण भने खुल्न सकेको छैन।

अहिले ती युवकलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ। तर उनकाे पहिचान खुलिसकेको छैन।

तिमल्सेनाका अनुसार केसी भारत, कुवेत हुँदै सन् २००७ मा लन्डन पुगेका थिए। उनी त्यहाँ श्रीमती तथा भाइ बुहारीका साथ बसिरहेका थिए। 

केसीको हत्याले पीडित परिवार मात्र नभएर पूरै बेलायतवासी नेपाली स्तब्ध भएकाे त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .