ad ad

ग्लोबल


सिक्किममा एकै दिन थपिए १०८ जना कोरोना संक्रमित

सिक्किममा एकै दिन थपिए १०८ जना कोरोना संक्रमित

शैलेन्द्र समदर्शी
साउन ७, २०७७ बुधबार १४:५९,

सिक्किम सरकारको कठोर पदक्षेपका बाबजुद राज्यमा पछिल्ला केही दिनयता कोरोना संक्रमण लगातार बढ़्दै गइरहेको छ।

विशेषगरी पूर्व सिक्किमको रङ्गेलीमा रहेको ग्रेफ क्याम्पबाट बढ़ेको कोरोना संक्रमण अहिले तीव्र गतिमा बढ़िरहेको छ।

आज (बुधबार) एकैदिन सिक्किममा १०८ जना संक्रमित थपिएका छन्। नयाँ थपिएका संक्रमितमध्ये पूर्व जिल्लाबाट ६१ जना, पश्चिम जिल्लाबाट १ जना र दक्षिण जिल्लाबाट ४६ जना रहेका छन्।

यसका साथै सिक्किममा कुल कोरोना संक्रमित ४३८ पुगेको छ, जसमध्ये ११२ जना स्वस्थ भएर अस्पतालबाट छुट्टी पाइसकेका छन्।

सबैभन्दा ठूलो राहतको कुरा के छ भने कोरोना भाइरसका कारण सिक्किममा अहिलेसम्म एकैजनाले पनि ज्यान गुमाएका छैनन्।

अर्कोतिर कोरोना संक्रमण ह्वात्तै बढ़ेपछि सिक्किम सरकारले हिजोदेखि राज्यमा एक साताव्यापी पूर्ण लकडाउनको घोषणा गरिसकेको छ। लकडाउनअवधि आवश्यकीय सेवा र पसलहरूलाई मात्र छुट दिइएको छ।

उल्लेखनीय छ, सिक्किम सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि शुरूदेखि नै कठोर कदम उठाए तापनि पछिल्ला केही दिनयता राज्यमा कोरोना संक्रमण बढ़ेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .